अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

सबै दलहरु मिलेर काम गर्नुको विकल्प छैन : झलनाथ खनाल

बिआरटीनेपाल २०७९ पुष ४ गते ५:१८ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता खनालले जनताले कुनैपनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले आगामी १ हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने बताउनुभयो । नेता खनालले बाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिएको बताउनु भयो ।

उहाँले संख्या पुर्‍याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे धेरै अगाडि पुग्न नसकिने बताउनुभयो । उहाँले लक्ष्य, योजनाको आधारमा सरकार बनाउनुपर्ने भन्दै जनताको जल्दाबल्दा समस्याहरु संसदमा उठान पार्टीका नेताहरुलाई निर्देशन दिनुभयो । नेता खनालले आगामी ५ वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्यबाट अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया