अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

सुवास नेम्वाङले धाँधली गरेर चुनाव जितेकाे भन्दै सर्वाेच्चमा मुद्दा दायर

बिआरटीनेपाल २०७९ पुष ३ गते ४:३२ मा प्रकाशित

इलाम क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुन मतगणना  गर्न माग गर्दै उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गर्नुभएको हो ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी हुनुभएको छ । निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया