अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

संसदीय दलको नेता छानेपछि पावर सेयरिङको छलफल : मा‌ओवादी केन्द्र

बिआरटीनेपाल २०७९ पुष ३ गते ४:३५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले गठबन्धन दलहरुको संसदीय दलको नेता छनोट भएपछि मात्रै पावर सेयरिङ विषयमा छलफल अघि बढाउने निर्णय गरेको छ । कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको पदाधिकारीहरुको बैठकले सरकारको नेतृत्वसहित पावर सेयरिङको विषयमा छलफल गर्ने निर्णय गरेको हो ।

”अहिले गठबन्धन दलबीचमा भएको छलफलको प्रक्रिया भर्खर प्रारम्भ भएको हुँदा आ-आफ्नो दलका नेताहरु चयन भइसकेपछि गठबन्धन दलको बैठक बसेर कसरी सरकारमा सहभागिता हुने, संसदको नेतृत्व कसरी चयन गर्ने र समग्र देशको नेतृत्व कसरी तय गर्ने भन्ने विषयमा गठबन्धन दलमा छलफल हुन्छ,” बैठकपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिनुभयो ।

शर्माकाअनुसार आइतबारको बैठकमा शपथग्रहण भए पनि संसदीय दलको नेता छान्ने र त्यसपछि नेतृत्वको बारेमा छलफल गर्ने निर्णय गरेको बताउनुभयो गठबन्धन दलहरुबीच भर्खर छलफल प्रारम्भ भएको हुँदा आ-आफ्नो दलको नेताहरु चयन भइसकेपछि अन्य विषयमा छलफल हुने शर्माको भनाई छ । शनिबारमात्रै मा‌ओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गरी शक्ति बाँडफाँटको विषयमा धारणा माग गर्नुभएको थियो ।

 

प्रतिक्रिया