अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

विश्वकप फुटबलको फाइनल खेलअघि फ्रान्सका मुख्य दुई खेलाडी अस्वस्थ

बिआरटीनेपाल २०७९ पुष २ गते ५:२४ मा प्रकाशित

कतारमा चलिरहेको फिफा विश्वकपको उपाधिकालागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् । तर फाइनल खेलअघि फ्रान्सका दुई मुख्य खेलाडी अस्वस्थ भएका छन् ।

डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे अस्वस्थ भएका हुन् । उनीहरुले फाइनल खेल्ने या नखेल्ने निर्णय भैसकेको छैन । फाइनल खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार भोलि राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेको हो ।

यी दुई देश पहिलो पटक विश्वकपको फाइनलमा खेल्न लागेका छन् । आज राति पौने ९ बजे तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दैछन् । कतारमा चलिरहेको विश्वकपको विजेताले ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ । यस्तै उपविजेताले ३० मिलियन डलर, तेस्रो हुनेले २७ मिलियन र चौथो हुने टोलीले २५ मिलियन डलर पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू