अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

बंगबन्धु एशियन यू–२३ भलिबलको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०७९ मंसिर २७ गते ५:३९ मा प्रकाशित

बंगलादेशमा आयोजना हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान र श्रीलंका गरी चार टीम सहभागी रहने प्रतियोगिता आगामी पुस ७ गतेदेखि सुरू हुनेछ ।

प्रतियोगिताको उद्घाट्न खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । पुस ८ गते नेपालले श्रीलंकासँग र पुस ९ गर्ते किर्गिस्तानसँग खेल्ने तालिका रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस ११ गते हुने छ । उक्त प्रतियोगिताका लागि नेपालले १५ जनाको टीम घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू