अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

एमालेसँगको तालमेल चुनावसँगै सकियो : उपेन्द्र यादव

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ५:४२ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनावी तालमेलका लागि गरिएको सहकार्य निर्वाचनपछि सकिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले तत्कालीन हिसावले गरिएका सहकार्य चुनाव सकिएसँगै अन्त्य भएको प्रतिक्रिया दिनुभयो।

‘हामीले तत्कालका लागि केही सिटमा तालमेल गरेका हौं । हाम्रो मोर्चाबन्दी र तालमेल होइन । हामीले केही सिटमा सहयोग गर्यौं, उहाँहरूले केहीमा गर्नुभयो । त्यो चुनावसँगै सकियो,’ यादवले भन्नुभयो, ‘अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

यादवले आफ्नो पार्टी निर्णायक नभएको र अब आफूहरूले उठाउँदै आएको मुद्दामा केन्द्रित हुन जनताले म्यान्डेट दिएको पनि बताउनुभयो । ‘हाम्रो पार्टी निर्णायक होइन । चुनावबाट काँग्रेस र एमालेलाई निर्णायक बनायो । हाम्रो पार्टी भनेको यो चुनाव पछि एउटा मुद्दामा राष्ट्रिय सवालमा हामीले जुन विगतदेखि उठाइरहेका छौं । त्यो उठाउने जनादेश आयो,’ यादवले भन्नुभयो ।

प्रतिक्रिया