अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

इन्डाेनेसियाकाे बालीमा अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच भेट

बिआरटीनेपाल २०७९ कार्तिक २८ गते ५:५० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जाे बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेट भएकाे छ । दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला इन्डाेनेसियाकाे बालीमा आज साेमवार बाइडेन र सीबीच भेट भएकाे हाे ।

भेटमा बाइडेनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुपर्नेमा जाेड दिनुभएकाे छ । उहाँले ताइवानका विषयमा अमेरिका र चीनले आफ्ना धारणा तय गर्ने बताउनुभएकाे छ । यस्तै भेटमा सीले दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताउनुभएको छ । उहाँले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका र मानिसले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेका भन्दै त्यसलाई सही ढङ्गले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको धारणा राख्नुभएको छ ।

जी-२० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न सबै देशको दिमागमा रहेको पनि बताउनुभयो । भाेलि मङ्गलवार सुरु हुने जी–२० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेसियामा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू