अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

युक्रेनमा भइरहेको युद्धका बाबजुद रुससँग वार्ताको ढोका खुला छ : अमेरिका

बिआरटीनेपाल २०७९ कार्तिक २३ गते ५:४५ मा प्रकाशित

अमेरिकाले रुस–युक्रेन युद्धका बाबजुद रुससँग संवादको ढोका खुला रहेको बताएको छ । न्युयोर्कमा आयोजित एक कार्यक्रममा सुरक्षा सल्लाहकार ज्याक सलिभनले रुससँग संवाद जारी राख्ने कुरा अमेरिकाको चासो भएको र संवादको ढोका खुला रहेको कुरा अनुपयुक्त नरहेको बताउनुभएको बीबीसीले जनाएको छ । तर उहाँले अमेरिकी अधिकारीहरू रुसमा कोसँग सम्पर्क वा संवाद गरिरहेका छन् भन्नेमा चाहिँ स्पष्ट नरहेको बताउनुभयो ।

युक्रेनमा परमाणु हतियारको प्रयोग रोक्ने प्रयासका लागि सलिभनले रुससँगको वार्ताको नेतृत्व गरिरहेको सार्वजनिक भएको थियो । अमेरिकी राष्ट्रपति कार्यालयले यस्तो खबर अस्वीकार नगरेको अवस्थामा सलिभनको टिप्पणी आएको बीबीसीले जनाएको छ । ‘द वाल स्ट्रिट’ जर्नलले सलिभनले रुसी समकक्षी निकोलाइ पात्रुशेभसँग गोप्य वार्ता गरेको खबर छापेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू