अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

भारतमा ६.३ रेक्टर स्केलको भूकम्प

बिआरटीनेपाल २०७९ कार्तिक २३ गते ५:१९ मा प्रकाशित

भारतमा मंगलबार ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।स्थानीय समय अनुसार मंगलबार राति १ बजेर ५८ मिनेट जाँदा मणिपुरदेखि १० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको गएकाे हाे । भारतकाे राजधानी दिल्ली लगायतका अन्य शहरमा समेत भूकम्पकाे धक्का महसुस गरिएको थियो ।

भूकम्पका कारण मानिसहरू घरबाहिर निस्केका थिए । उत्तराखण्ड र उत्तर प्रदेशसम्म धक्का महसुस गरिएको थियाे । तर भूकम्पका कारण कुनै मानवीय क्षति भने नभएको भारतीय संचार माध्यमले जनाएका छन् । केही कच्ची घरहरू भने भत्केका छन् ।

त्यसअघि मंगलबार राति ८ बजेर ५२ मिनेट जाँदा लखनउ केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भारतमा पटक-पटक गएको भूकम्पका कारण स्थानीय त्रसित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू