अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गर्दा ४ जनाकाे मृत्यु

बिआरटीनेपाल २०७९ कार्तिक २३ गते ५:१३ मा प्रकाशित

फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गरी ४ जना मानिसको हत्या गरेको छ ।साेही घटनामा अर्का एक जना घाइते भएका हुन् । फिलिपिन्सको बासिलान प्रान्तको लमितान शहरमा अज्ञात बन्दुकधारीले मस्त निद्रामा रहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको हो ।

विवाहको लागि प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका मानिसहरुमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनास्थलबाट एक दर्जन राउण्ड गोली र एउटा एम–१६ असल्ट राइफल बरामद गरेको छ ।

गोली प्रहार गरे लगत्तै फरार रहेका बन्दुकधारी समूहको खोजी कार्य जारी रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू