अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

इरानमा हिजाब विरोधी प्रदर्शनमाथि सरकारी दमन, बालबालिकासहित १० को मृत्यु

बिआरटीनेपाल २०७९ कार्तिक २० गते ६:२१ मा प्रकाशित

इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनका क्रममा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।इरानको सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य भवनबाट इरानी सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।यसैबीच, प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गर्नुका साथै केही सरकारी भवन तोडफोड गरेका छन् । स्थिती नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले दर्जनौ सेल अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

राजधानी तेहरानमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला इरानमा थप हिंसात्मक घटनाहरू हुन थालेका छन् । हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीले सरकार बिरुद्ध चर्को नाराबाजी गर्नुका साथै सरकारी दमनको घोर बिरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू