अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

जर्मन चान्सलर सोल्स चीन भ्रमणमा गएपछि युरोपमा विवाद

बिआरटीनेपाल २०७९ कार्तिक १९ गते ६:४१ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जर्मन चान्सलर ओलाफ साेल्सबीच भेटवार्ता भएको छ । रुस–युक्रेन युद्धलाई लिएर चीन–युरोप दूरी बढिरहेका बेला युरोपको शक्ति र अर्थ सम्पन्न देश जर्मनीका चान्सलर चीन भ्रमणमा जानुभएको हो ।जर्मन चान्सलरको भ्रमणलाई युरोपमा धेरैले शङ्कास्पद रूपमा हेरेका बीबीसीले जनाएको छ । जर्मन चान्सलरको उपस्थितिले चिनियाँ राष्ट्रपति सीको बढ्दो अधिनायकवादी प्रतिष्ठालाई चीनमा बढाइदिने युरोपेली देशहरुको भनाइ छ । तर, जर्मन चान्सलरले भने विश्वव्यापी समस्याहरू चीनसँगको सहकार्यबाट मात्र समाधान गर्न सकिन्छ भन्नेतर्क गर्दै भ्रमणमा आउनुभएको छ । जर्मनी र चीन ठूला व्यापारिक साझेदार हुन् । साेल्सले चीनमा ११ घण्टा मात्रै बिताउनुभएको छ ।

कोरोना महामारीपछि बेइजिङको यात्रा गर्ने उहाँ पहिलो पश्चिमी नेता हुनुहुन्छ भने सीले तेस्रो कार्यकाल सम्हालेपछि भेट्ने उहाँ पहिलो विदेशी नेता बन्नुभएको छ । यसैबीच सीसँगको भेटमा जर्मन चान्सलर साेल्सले युक्रेनसँगको युद्ध रोक्न रुसमाथि आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गर्नुभएको छ । तर चिनियाँ राष्ट्रपति सीले रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गर्नुभएको बीबीसीले जनाएको छ । तर रुसको पारमाणविक धम्की गैरजिम्मेवार र अत्यन्त खतरनाक भएकोमा भने दुवै पक्ष सहमत भएको जर्मन चान्सलर साेल्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू