अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न सरकारले दियाे प्राधिकरणलाई अनुमति

बिआरटीनेपाल २०७९ कार्तिक १६ गते ५:५४ मा प्रकाशित

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ ।मन्त्रिपरिषदकाे पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको प्राधिकरणले जनाएको छ । दुई मुलुकसँग हवाई सम्झौता भएमा दुवै मुलुकका हवाई सेवा कम्पनीहरूले एक अर्को मुलुकमा उडान गर्न पाउने भएका छन् ।

लामो समयदेखि अमेरिका र स्विजरल्याण्डका हवाई सेवा कम्पनीले नेपालमा उडान गर्नका लागि चासो देखाउँदै आएका थिए। नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सम्झौता गरेको छ ।

प्रतिक्रिया