अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

बढ्यो सुनचाँदीको मूल्य

बिआरटीनेपाल २०७९ कार्तिक १६ गते ५:४८ मा प्रकाशित

साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सयले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य बुधबार १० रूपैयाँ १ हजार २२५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया