अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

अधिकांश देश ऋणकाे पासाेमा पर्न सक्ने आईएमएफकाे चेतावनी

बिआरटीनेपाल २०७९ कार्तिक १२ गते ५:०६ मा प्रकाशित

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अधिकांश देश ऋणको पासोमा पर्न सक्ने चेतावनी दिएको छ । एशिया तथा प्रशान्त क्षेत्रको इकोनमिक आउटलुक सार्वजनिक गर्दै उसले सन् २०२२ मा विश्वको औषत आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेकोमा एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धि ४ प्रतिशत हुने जनाएको छ । यस्तै, सन् २०२३ मा एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर विश्वको औसत आर्थिक वृद्धिभन्दा बढी छ । कोरोना महामारीका क्रममा उच्च दरमा कर्जा लगानी हुँदासमेत आर्थिक वृद्धि न्यून भएको आईएमएफले जनाएको छ । ब्याजदर वृद्धि र आर्थिक गतिविधिमा आएको संकुचनले सरकारको कोष कमजोर हुने र थप ऋण लिनु पर्ने अवस्था आउने आईएमएफको अनुमान छ ।

कोषका एशिया प्रशान्त क्षेत्रका निर्देशक श्रीकृष्ण निवासकाअनुसार जोखिम व्यवस्थापन गर्ने गरी नीति लिन नसक्दा कयौं देश समस्यामा पर्ने छन् । रसिया युक्रेन युद्ध र चिनियाँ अर्थतन्त्रमा आएको गिरावटले समग्र एशिया प्रशान्त क्षेत्रको अर्थतन्त्रमा समस्या परेको आईएमएफको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले महँगी नियन्त्रण गर्न आक्रामक रुपमा गरेको ब्याजदर वृद्धिले अमेरिकी डलर महँगो भएको छ । जसले गर्दा एशियाली देशमा समेत वित्तीय प्रणालीमा कडाइ भएको छ । यस्तै, रसिया युक्रेन युद्धले एशियाली देशमा खाद्यपदार्थको मूल्य वृद्धि भएको छ । यस्तै, विनिमयदरमा भइरहेको उचारचढावले एशिया प्रशान्त क्षेत्रका धेरै देश समस्यामा पर्न सक्ने आईएमएफको आउटलुकमा उल्लेख छ ।

चीनमा सन् १९७७ न्यून आर्थिक वृद्धि हुने आईएफएफले जनाएको छ । सन् २०२२ मा एशिया प्रशान्त क्षेत्रको औसत आर्थिक वृद्धिदर ४ प्रतिशत कम ३.२ प्रतिशत आर्थिक वृद्धि चीनमा हुने आईएमएफको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू