अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

दुई दिने ‘नेपाल-जर्मन मार्ट २०२२’ मेला शुरु

बिआरटीनेपाल २०७९ कार्तिक १२ गते ५:१९ मा प्रकाशित

आजबाट काठमाण्डौमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भए पनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाण्डौको ज्ञानेश्वरमा रहेकाे जर्मन दूतावास परिसरमा सञ्चालन भइरहेको छ ।जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन भएको मेलामा नेपालबाट निर्यात हुने सामग्री र जर्मनबाट नेपाल आयात हुने वस्तुहरु राखिएको नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका अध्यक्ष अनुपबहादुर मल्लले बताउनु भयो ।

उहाँले मेलामा कुल ४० वटा स्टल रहेको र जसमा ३५ वटा स्टलहरु नेपाली उत्पादित सामग्री र ५ वटा खानेकुराका स्टलहरु राखिएको बताउनु भयो । उहाँले लामो समय यता कोरोना भाइरसका कारण सुस्ताएको व्यापार सम्बन्धलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको बताउनु भयो । उहाँले नेपाली अर्थतन्त्रलाई बढाउन थोरै भएपनि मेला कोशेढुंगा सावित हुने बताउनु भयो ।

त्यस्तै नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपाल जर्मन चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपालमा उत्पादन हुने सामग्रीहरु साथै जर्मनबाट आयात हुने सामग्रीहरु प्रदर्शनमा राखिएको बताउनु भयो ।

प्रतिक्रिया