अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

चिनियाँ र रूसी विदेशमन्त्रीबीच फोनवार्ता

बिआरटीनेपाल २०७९ कार्तिक ११ गते ३:२५ मा प्रकाशित

चिनियाँ विदेशमन्त्री वाङ यी र रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । हालैमात्र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई बधाई सन्देश पठाएका थिए । चिनियाँ राष्ट्रपति चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन भएकामा सो बधाई सन्देश पठाइएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ नेसनल कंग्रेसबाट चिनियाँ राष्ट्रपति चिनफिङ सो पार्टीको महासचिवमा पुनः चयन भएका हुन् । सो वार्ताका क्रममा विदेशमन्त्री लाभरोभले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चयन भएकामा राष्ट्रपति चिनिफिङ तथा सो पार्टीको पोलिटब्युरो सदस्यमा चयन भएकामा विदेशमन्त्री वाङलाई बधाई दिएका थिए ।

त्यस क्रममा विदेशमन्त्री वाङले चीन र रूसबीचको सम्बन्धलाई थप बलियो र गाढा बनाउनेतर्फ आगामी दिनमा चीन लाग्ने बताएका थियो । फोनवार्ताका क्रममा उनीहरुका बीचमा दुई देशबीचको आपसी हित र सम्बन्धको साझेदारीका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू