अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

‘दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खतरनाक दशक’-पुटिन

बिआरटीनेपाल २०७९ कार्तिक ११ गते २:४९ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वले अहिले दोस्रो विश्वयुद्ध पछिको ‘सम्भवतः सबैभन्दा खतरनाक’ दशकको सामना गरिरहेको चेतावनी दिनुभएको छ । एक भाषणमार्फत उहाँले युक्रेनमा रसियाको आक्रमणलाई औचित्य दिने प्रयास गर्नुभयो । पुटिनले रुसका सहयोगीहरूलाई मस्कोबाट टाढा हुन बाध्य पार्न पश्चिमा जगतले रुस विरुद्ध आणविक ब्ल्याकमेल गरेको आरोप पनि लगाउनुभयो ।

युक्रेनमा भर्खरै भएको सैन्य पराजयका बाबजुद करिब ३ लाख रुसीहरूलाई परिचालन गर्ने अभियानको देशभित्रै आलोचना भइरहँदा पुटिनले भने युक्रेन युद्धको बारम्बार बचाउ गर्नुभयो । रुसी स्वार्थ र सुरक्षाको लागि “सबै उपलब्ध साधनहरू“ प्रयोग गर्ने धम्की दिदै पुटिनले आवश्यक परे आणविक शष्त्रसमेत प्रयोग गर्नसक्ने संकेत गर्नुभयो ।

पुटिनले विश्वका नेतृत्व गर्न अब अमेरिका र उसको पश्चिमा सहयोगीहरु असक्षम भईसकेको दावी गर्नुभयो । रुसलाई ध्वस्त पार्ने अमेरिकी अभिष्ठ कहिल्यै पूरा नहुने बताउँदै पुटिनले विश्वको नेतृत्व छिट्टै अर्को कित्तामा पुग्ने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू