अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

पाकिस्तानी प्रधानमन्त्री शरीफ २ दिने चीन भ्रमणमा जाने

बिआरटीनेपाल २०७९ कार्तिक १० गते ४:४६ मा प्रकाशित

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ चीन भ्रमणमा जाने तयारी भएको छ । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा शरीफले चीनको दुई दिने भ्रमण गर्ने तयारी छ ।उहाँ आउँदो कात्तिक १५ गते अर्थात् नोभेम्बरको पहिलो दिन चीन भ्रमणमा जान लाग्नुभएको हो । पाकिस्तानको प्रधानमन्त्री भएपछि शरीफले पहिलो पटक चीनको भ्रमण गर्न लाग्नुभएको हो ।

बेइजिङमा रहँदा पाकिस्तानका प्रधानमन्त्री शरीफले राष्ट्रपति सी जिन पिङलाई भेट्नुहुनेछ भने प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गर्नुका साथै रणनीतिक सहयोग एवम् साझेदारीको समीक्षा पनि गर्ने तयारी छ ।

पाकिस्तानी विदेश मन्त्रालयले पनि भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री शरीफको यो भ्रमण दुई देशबीचको सम्बन्ध तथा सहयोग आदानप्रदानको निरन्तरता भएको जनाएको छ । पाकिस्तान–चीन सम्बन्धलाई सुदृढ तुल्याउने सेतुका रूपमा चीन–पाकिस्तान आर्थिक काेरिडोर चिनियाँ सहयोगमा निर्माणाधीन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू