अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

विश्वशान्तिका लागि चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्छ : सी जिनफिङ

बिआरटीनेपाल २०७९ कार्तिक १० गते ४:२३ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनफिङले विश्व शान्ति र विकासको रक्षा गर्न चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने बताउनुभएको छ । अमेरिकी अधिकारीहरूको ताइवान भ्रमण साथै रुस(युक्रेन युद्धलाई लिएर दुई देशहरू तनाव झेल्दै आएको अवस्थामा चिनियाँ राष्ट्रपतिको यस्तो प्रस्ताव सार्वजनिक भएको हो ।यस्तै चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो कार्यकाल निश्चित गरेका सी ले पार्टी महाधिवेशन सम्पन्न गरेपछि सार्वजनिक रुपमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले यस क्रममा ताइवानमा चीनको सक्रियतालाई ुविदेशी हस्तक्षेपु भनेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

चिनियाँ राष्ट्रपति सी ले अमेरिका(चीन सम्बन्ध राष्ट्रिय समितिको वार्षिक उत्सवमा बधाइ दिँदै लेखेको पत्रमा यस्तो जनाउनुभयो । उहाँले आजको संसार शान्तिपूर्ण नरहेको भन्दै प्रमुख शक्तिका रूपमा चीन र अमेरिकाबीच सञ्चार र सहयोगलाई सुदृढ बनाउनु आवश्यक रहेको औंल्याउनुभयो । साथै दुई प्रमुख शक्तिबीच सम्बन्ध र सहयोगका कारण विश्वव्यापी स्थायित्व र विश्व शान्ति प्रवर्द्धन हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच उहाँले अमेरिकासँग मिलेर काम गर्न तथा पारस्परिक सम्मान प्रदान गर्न, शान्तिपूर्वक सहअस्तित्वमा रहन चीन इच्छुक रहेको बताउनुभएको छ । जसले गर्दा दुवै देशका लागि मात्र नभएर विश्वलाई नै फाइदा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अमेरिकी राष्ट्रपति जो बिडेनको प्रशासनले भने यसअघि नै चीन एक मात्र अमेरिकी प्रतिस्पर्धी भएको जनाएको थियो । साथै अमेरिकाले चीनसँग द्वन्द्व गर्न नखोज्ने र चिनियाँ राष्ट्रपति सी पनि यस्तो तथ्यबारे सचेत रहेको बाइडेनले बताउनुभएको थियो । यद्यपि गत अगस्ट महिनामा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको विषयलाई लिएर चीन र अमेरिका युद्धनजिक पुगेको भन्दै चौतर्फी टिप्पणी भएको थियो । पेलोसीको भ्रमणलाई लिएर चीनले भने अमेरिकालाई बारम्बार चेतावनी दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू