अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०३ | Colorodo: 21:18

विदेशमा रहेका नागरिकलाई घर नफर्किन युक्रेनकाे आग्रह

बिआरटीनेपाल २०७९ कार्तिक ८ गते २३:४१ मा प्रकाशित

युक्रेनले युद्धका कारण देश छाडेर गएका आफ्ना नागरिकलाई घर फकर्ने हतार नगर्न आग्रह गरेको छ । रुसले पछिल्लो समय उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण देशभर चरम उर्जा संकट बढेकाले कम्तिमा यो जाडोभरी देश नफर्कन आग्रह गरिएको हो ।युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेसचुकले टेलिभिजन सम्बोधन मार्फत विदेशमा जहाँ जहाँ बसिरहेको हो, त्यही स्थानमा सुरक्षित रुपमा रहन र घर फर्कने हतारो नगर्न आग्रह गर्नुभएको हो ।

रुसी आक्रमणबाट ४० प्रतिशत उर्जा केन्द्रहरु ध्वस्त भएकाले आधा भन्दा बढी भूभाग अन्धकारमा रहेको किएभले जनाएको छ । लगातारको युद्धले युक्रेनमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्रीको पनि चरम संकट रहेको छ ।

युक्रेनी सरकारले स्वदेश फर्किदा उनीहरु स्वयं र परिवार झन खतरामा पर्ने भन्दै आउने बसन्त ऋतुसम्म विदेशमै रहन भनको हो । रुसी आक्रमण शुरु भएपछि देश छाडेर गएका दशौं लाख युक्रेनीहरु युरोपका विभिन्न देशमा शरण लिईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू