अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

अमेरिकी विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु

बिआरटीनेपाल २०७९ कार्तिक ८ गते ४:५७ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यकाे विद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु भएकाे छ । सेन्ट लुइस उच्च विद्यालयमा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको हाे ।

गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको थियाे । मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू