अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

क्रिश्चियन बाहुल्यता रहेको बेलायतमा ऋषि सुनक पहिलो हिन्दू प्रधानमन्त्री

बिआरटीनेपाल २०७९ कार्तिक ८ गते ४:५५ मा प्रकाशित

भारतीय मूलका हिन्दू नागरिक ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्नुभएको छ । उहाँलाई बेलायतका राजा चाल्र्सले प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रुपमा पद सम्हाल्नुहुने छ । । ऋषि आबद्ध कन्जरभेटिभ पार्टीका बहुमत सांसदले सोमबार उनलाई नेता चयन गरेपछि उहाँ प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।ऋषिले बेलायतको प्रधानमन्त्री बनेर इतिहास समेत रच्नुभएको छ । क्रिश्चियन बाहुल्यता भएको बेलायतमा उहाँ पहिलो हिन्दू प्रधानमन्त्री हुनुहुन्छ । ऋषि भारतीय मूलका बेलायती नागरिक हुनुहुन्छ । उहाँ बेलायतको पहिलो बेलायती एसियाली प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री बनेको ४५ दिनमै लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ऋषिलाई बेलायतको प्रधानमन्त्री बन्ने सौभाग्य मिलेको हो ।

पार्टीको नेता चयनका क्रममा यस अघि भने ऋषि ट्रससँग पराजित हुनुभएको थियो । यस पटक भने उहाँले बाजी मार्नुभयो र ४२ वर्षकै उमेरमा प्रधानमन्त्री बन्नुभयो। भारतीय मूलमा उहाँका बाबु आमा पूर्वी अफ्रिकाबाट बेलायत आएका थिए । ऋषिको जन्म सन् १९८० मा बेलायतको साउथह्याम्प्टनमा भएको थियो । उहाँलाई बेलायतमा धनी सांसदका रुपमा पनि लिइन्छ । उहाँ आफ्नो परिवारले सुरुवात गरेको व्यवसाय र आफै पनि विभिन्न संस्थामा काम गर्दा २५ वर्षकै उमेरमा करोडौंको मालिक बन्नुभएको हो ।

उहाँले बेलायतको ४० वर्षयताकै उच्च मुद्रास्फीतिलाई सम्बोधन गर्ने र आफू आवद्ध पार्टीलाई एकताबद्ध गर्ने चुनौतीपूर्ण कार्यको सामना गर्नु पर्नेछ । उहाँले गहिरो आर्थिक चुनौतीलाई सबै बेलायती एक भएर सामना गर्नु पर्ने बताउनुभएको छ ।। हिन्दू भएका कारण उहाँले मदिरा पनि पिउनुहुन्न। ऋषिले सन् २००९ मा इन्फोसिस कम्पनीका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गर्नुभएको थियो । ऋषि र अक्षताका दुई छोरी अनुष्का र कृष्णा छन् । अब बेलायतमा भारतीय मूलका ॠषिको शासन कहिलेसम्म चल्नेछ भन्ने समयले नै देखाउने छ । तर बेलायतले भारतलाई लामो समयसम्म ९१८५८–१९४७० आफ्नो उपनिबेश बनाएको थियो । आज जसले उपनिबेश बनाएको थियो त्यही देशमा भारतवंशी ॠषि प्रधानमन्त्री बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू