अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित : नयाँ टिम पनि घोषणा

बिआरटीनेपाल २०७९ कार्तिक ६ गते ७:४२ मा प्रकाशित

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बन्नुभएको छ । एक दशकदेखि सत्तामा रहेका सीले तेस्रो पटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास समेत रच्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अधिवेशनमा उहाँ पुनः पार्टीको महासचिवमा निर्वाचित हुनुभयो । अब उहाँ पाँच वर्षसम्म यही पदमा रहनुहुनेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेका थिएनन् । सीले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नयाँ स्थायी समिति पनि घोषणा गर्नुभएको छ । आज बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने द ग्रेट हल अफ दि पिपुलमा भएको पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले टोली घोषणा गर्नुभयो ।

केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चिआङलाई चयन गरेको छ । ली चीनको नयाँ प्रधानमन्त्री बन्नुहुनेछ । उहाँले ली खछ्याङलाई प्रतिस्थापन गर्नुहुनेछ । पार्टीको नेतामा निर्वाचित भएपछि सीले आफ्नो सम्बोधनमा आफूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । हिजो सम्पन्न पार्टीको २०औँ महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू