अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा खड्गे निर्वाचित, मतदानमा धाँधली भएको आरोप

बिआरटीनेपाल २०७९ कार्तिक २ गते ६:१६ मा प्रकाशित

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । खड्के पछिल्लो २ दशकमा भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गर्ने गान्धी परिवारभन्दा बाहिरको व्यक्ति हुन् । यद्यपि उनलाई गान्धी परिवारकै निकट मानिएको छ ।प्रदेशबाट चुनिएर आएका प्रतिनिधिहरूले गरेको मतदानमा उनले शशी थरुरलाई हराएका हुन् । कुल ९ हजार ३८५ मतमध्ये खड्गेले ७ हजार ८९७ मत प्राप्त गरेका छन् ।

खड्गेले अब अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई प्रतिस्थापन गर्ने छन् । अध्यक्षमा पराजित थरुरले भने नतिजा आउनुअघि नै धाँधलीको आरोप लगाएका थिए । भारतीय राष्ट्रिय कांग्रेसले छैटौं पटक चुनावबाट नेतृत्व चयन गरेको हो । सन् २०१९ को लोकसभा चुनावमा पराजय भोगेपछि सोनियाका छोरा राहुल गान्धीले राजीनामा गरेका थिए । त्यसपछि सोनिया अन्तरिम अध्यक्ष बनेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू