अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

खेरसन क्षेत्र फिर्ता लिन युक्रेनी सेना रुसी सेनालाई पछि धकेल्दै

बिआरटीनेपाल २०७९ कार्तिक २ गते ६:१५ मा प्रकाशित

रुस र युक्रेनबीच ८ महिना अघि शुरु भएको युद्ध अझै सकिएको छैन । दुई देशबीचको युद्ध कहिले सकिन्छ भन्ने कुरा अनुमान गर्न सक्ने अवस्था छैन । यसैबीच युक्रेनका लागि रुसी सेनाका नयाँ कमान्डर सेर्गेइ सुरोभिकिनले युक्रेनको खेरसन क्षेत्रको अवस्था ज्यादै कठिन रहेको बताएका छन् । गत फेब्रुअरीबाट रुसले युक्रेनमाथि बिना कारण आक्रमण शुरु गरेको थियो । रुसले आक्रमण थाले लगत्तै युक्रेनी भूभाग खेरसनलाई आफ्नो कब्जामा लिएको थियो ।

तर रुसी सेनाको हातबाट आफ्नो भू–भाग फिर्ता लिन युक्रेनी सेनाले पछिल्लो समय खेरसनमा आक्रमण तीब्र पारेको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनी सेनाले खेरसन क्षेत्रलाई फिर्ता लिन रुसी सेनालाई ३० किलोमिटर पछाडि धकेल्न सफल भएको छ । सुरोभिकिनले खेरसन क्षेत्र त्यहाँका नागरिक रुसी सेनाका लागि पनकै तनावपूर्ण रहेको बताएका छन् ।

रुसले खेरसन र अन्य तीन युक्रेनी क्षेत्रहरू आफ्नो देशमा मिसिएको दाबी गर्दे आएको छ । तर अन्तर्राष्ट्रिय रूपमा अरु देशले रुसको दाबीलाई अस्वीकार गरेका छन् । खेरसनमा रुसी सेना र युक्रेनी सेनाबीच युद्ध भइरहेको अवस्थामा रुसी कमान्डर सुरोभिकिनले त्यस क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजाने पनि बताएका छन् । खेरसनलाई आफ्नो कब्जामा लिएर त्यहाँ आफ्ना अधिकारीहरु नियुक्त गरेको रुसले अहिले भने युक्रेनी सेना डटेर अघि बढ्न थालेपछि ती अधिकारी र हजारौं मानिसलाई अन्यत्रै सुरक्षित स्थानमा सार्न थालेको छ ।

उत्तरी खेरसन क्षेत्रमा रहेका रुसी सेनामाथि युक्रेनी सेनाले आफ्नो भू–भाग फिर्ता लिन निरन्तर आक्रमण गरिरहेका छन् । खेरसनमा रुसले नियुक्त गरेका एकजना क्षेत्रीय अधिकारीले पनि युक्रेनले आक्रमण गर्न सक्ने भन्दै खेरसन चाँडो खाली गर्न त्यहाँका नागरिकसँग भनेका छन् । कतिपयले रुसी सेना समक्ष युक्रेनी सेनाले अझै हार नमानेका कारण रुसले युक्रेनमा परमाणु हमला गर्न सक्ने समेत आशंका गरेका छन् । रुसले केही परमाणु हमला गर्नसक्ने विमानहरु युक्रेनी क्षेत्रको आसपासमा उडाएको पनि अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू