अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गयाे

बिआरटीनेपाल २०७९ कार्तिक १ गते ५:५९ मा प्रकाशित

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको छ ।

दुर्घटनामा पाइलट अनिल सिंहको पनि ज्यान गएको उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशंकरले बताउनुभएको छ । ज्यान गुमाउने बाँकी ६ जना तीर्थ यात्री रहेका अनुमान गरिएको खबरमा उल्लेख छ ।

घटनाप्रति भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू