अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४ | Colorodo: 20:39

अरोरामा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७९ असोज १९ गते १८:१० मा प्रकाशित

अरोरा तथा सेन्टिनियलबासी नेपालीभाषीहरुको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम अक्टोबर २१, २०२२ शुक्रवारको दिन यसपालिको बडा दसैँ तथा शुभ दीपावलीको पावन अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान एवं नेपाली घरको सहयोगार्थ देउसी भैलो कार्यक्रम गर्नको लागि गङ्गा चौलागाईको संयोजकत्वमा ५१ सदस्यीय मूल समारोह समिति र विविध कार्यक्रम उप-समितिहरू गठन गर्ने निर्णय गरेको छ ।

मूल समारोह समितिका सदस्यहरूमा अर्जुन कार्की, जगदीश चन्द्र ढकाल, राजेन्द्र शर्मा, दीपक बस्नेत, राज ढुङ्गाना, शैलेश पोखरेल, कुमार जङ्ग कार्की, वासुदेव दाहाल, अर्जुन बगाले, पदम विश्वकर्मा, उत्तरा बराल, सुनिता अधिकारी, कपिल देव सुबेदी, किरण अधिकारी, डिल्लीराम अधिकारी, पुष्कर बस्नेत, योग राज गौतम, पुष्पलाल चौलागाइ, दीपक ढकाल, नवराज न्यौपाने, डा. सुदीप प्याकुरेल, राजु खनाल, दिनेश थापा, आरती न्यौपाने, सुरेन्द्र अधिकारी, राजेन्द्र बस्नेत, अङ्कित गेलाल, देवाश्री बस्याल, लीला कार्की, सागर रेग्मी, निर्मल ह्यूज़ श्रेष्ठ, अर्जुन दाहाल, रोशन दाहाल, दामोदर लूईटेल, महेश भट्टराई, राधाकृष्ण खडका, राजन सापकोटा, दीपक सुनुवार, कृष्ण काफ्ले, अर्जुन के सी, अनुपमा खनाल, सुभाष पाण्डे, अच्युत मिश्र, श्याम पन्त, श्याम नेपाल, गोविन्द भण्डारी, कृष्णप्रसाद अधिकारी, सङ्गीता श्रोत्रीया लगायत हुनुहुन्छ ।
उक्त भेलाले कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गर्नको लागि विविध उप-समितिहरू गठन गर्ने निर्णय गरेको छ । समितिका सदस्यहरूमा सञ्चार तथा प्रचार प्रसार उप-समितिको संयोजकमा शैलेश पोखरेल र सदस्यहरूमा कुमार जङ्ग कार्की, राजन सापकोटा, राधाकृष्ण खड्का हुनुहुन्छ ।

यसै गरी भोजन व्यवस्थापन समितिका संयोजकमा कपिलदेव सुबेदी र सदस्यहरूमा नवराज न्यौपाने, उत्तरा बराल, कृष्ण काफ्ले र अर्जुन कार्की हुनुहुन्छ ।

देउसीको संयोजकमा डिल्लीराम अधिकारीलाई पछि सदस्यहरू थप्ने गरी जिम्मा दिएको छ । भैलीको लागि आरती न्यौपानेलाई संयोजक तोकिएको छ । दिनेश थापाको संयोजनमा स्टेज सजावट तथा साजसज्जा उप-समिति गठन गरिएको छ । स्वयम सेवक तथा कार्यक्रम हलको व्यवस्थापन उप-समितिमा नवराज न्यौपाने संयोजक र सदस्यहरुमा दीपक ढकाल, लीला कार्की र बाकी पछि थप गर्ने निर्णय गरियो । आर्थिक उप-समितिको संयोजकमा नेपाली घरका कोषाध्यक्ष राजु खनाल र सदस्यमा पुष्प लाल चौलागाईं हुनुहुन्छ । सांस्कृतिक कार्यक्रमको संयोजक भने अर्को भेलामा निर्णय गर्ने तय भएको छ ।

मूल समिति तथा उप-समितीहरुलाई आवश्यक सहयोग पुर्‍याउनको लागी सदैव तयार रहने गरी राजेन्द्र शर्मा, जगदीश ढकाल, राज ढुङ्गाना, पदम विश्वकर्मा र कुमार जङ्ग कार्कीको टिम रहनेछ ।

यस कार्यक्रममा सकभर सबैले सहभागिता जनाई सभ्य एवं भव्य रूपमा सफल पार्न आयोजकले अनुरोध गरेको छ । आफ्नो कला, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा, चाडपर्वहरूलाई संरक्षण अनि संवर्द्धन गरी नयाँ पुस्तामा हस्तान्तरण गरौँ । साथै आ-आफ्नो जातीय पहिचान र भेष भूषामा सजिएर सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

ठेगाना:- 21750 E Dorado Ave Centennial CO 80015
मिति:- 21 October, 2022 ( FRIDAY )
समय:- 6 PM to 10 PM

प्रतिक्रिया