अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

बेलायतमा कर्मचारीको आन्दोलनका कारण रेल सेवा प्रभावित

बिआरटीनेपाल २०७९ असोज १५ गते २२:५१ मा प्रकाशित

बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो ।

रेल सेवामा कार्यरत कर्मचारीहरूले यसअघि नै आन्दोलन गर्ने तयारी गरेका भए पनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले महारानी एलिजावेथको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् ।

रेल सेवाका कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलबसहित सेवा सुविधा वृद्धि हुनुपर्ने माग राखेका छन् ।

आफूहरूले पटक पटक पारिश्रमिक बढाउन माग गरेको तर व्यवस्थापनले वेवास्ता गरेपछि आन्दोलनमा उत्रिनुपरेको बताएका बीबीसीले जनाएको छ । बेलायतमा रेल सेवाका कर्मचारीले गरेको आन्दोलनबाट अरु क्षेत्रसमेत प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू