अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

‘असोज २० गते नेपाल आइपुग्छु’- सन्दीप लामिछाने

बिआरटीनेपाल २०७९ असोज १५ गते ४:५० मा प्रकाशित

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने जनाएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत् उनले अक्टोबर ६ अर्थात् असोज २० गते देश फर्कने बताएका हुन् ।

केही दिन अगाडि उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेशन’ मा बस्नु परेकाले नेपाल आउन केही ढिला भएको उल्लेख गरेका थिए । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेले आफूमाथि लागेको आरोप झुटाे भएको र त्यसको प्रतिवाद गर्ने बताउँदै आएका छन् । उनले देश फर्केपछि आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । साथै उनले छिटोभन्दा छिटो न्याय पाउनेमा आशावादी रहेको पनि उल्लेख गरेका छन् ।

लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरिसकेको छ । नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका सन्दीपविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनलाई फरार सूचीमा राख्दै केही दिनअघि डिफ्युजन नोटिस जारी गरेको हो ।

गएको भदौ ५ गते काठमाण्डौको एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो । उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । त्यसपछि उनी फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू