अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

रुसी राष्ट्रपतिको युक्रेन युद्धमा सेना परिचालन गर्ने निर्णयविरुद्ध देशव्यापी प्रदर्शन

बिआरटीनेपाल २०७९ असोज ९ गते ७:१८ मा प्रकाशित

युक्रेनका लागि थप ३ लाख सेना परिचालन गर्ने रुसको घोषणा विरुद्ध रुसमा प्रदर्शन चर्किएको छ । प्रदर्शनका क्रममा ७ सय बढी प्रदर्शनकारी पक्राउ परेका हुन् । पक्राउ पर्ने मध्ये केही युवाहरुलाई जबरजस्ती सेनाको भर्ति केन्द्रमा जान आदेश दिएको छ । युक्रेन युद्धका लागि थप सेना आवश्यक रहेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बुधबार उक्त संख्यामा सैन्य परिचालनको घोषणा गरेपछि देशभर प्रदर्शन भएको हो ।

प्रदर्शनकै क्रममा मस्को र सेन्टपिटर्सबर्गमा भेला भएका प्रदर्शनकारीले युद्धको विरोधमा नारा लगाउँदै पुटिनका लागि युद्धमा नहोमिने जनाएका थिए । साथै रुसले सेना परिचालन सम्बन्धि नियम उलंघन गर्ने जो कोहीलाई १० बर्ष सम्मको जेल सजाय दिने चेतावनी दिएको छ ।

रुसले ३ लाख मानिसलाई युद्धमा बोलाउन सक्ने घोषणा गरेपछि नागरिकले धमाधम देश छोडि अन्यत्र पलायन भएका छन् । नागरिकलाई सेनामा परिचालन गर्ने रुसी निर्णयसँगै आम मानिसमा आक्रोश र भय बढेको छ । यता प्रदर्शन मत्थर पार्न सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू