अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

समानुपातिक उम्मेद्वार चयनको लागि कांग्रेसद्वारा छलफल सुरु

बिआरटीनेपाल २०७९ भदौ २९ गते ७:१३ मा प्रकाशित

य बोर्डको बैठकमा समानुपातिक उम्मेद्वार चयन बारे छलफल भएको संसदीय दलका सचेतक मिन विश्वकर्माले जानकारी दिनुभयो । कांग्रेसमा केन्द्रीय संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिकतर्फको सूची बुझाउनुपर्ने कार्यतालिका तय गरेको छ ।

नेपाली कांग्रेसको विधानले २५ सदस्सीय केन्द्रीय संसदीय बोर्डको व्यवस्था गरेको छ । तर, अहिले सभापतिसहित १३ पदाधिकारी र नेता रामचन्द्र पौडेल मात्रै मनोनीत छन् । कांग्रेसको विधानअनुसार क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिहरूले उम्मेदवारका आकांक्षीको सूची केन्द्रीय समितिमा बुझाईसकेका छन् ।

उम्मेद्वार चयनमा संसदीय बोर्डको निर्णय नै अन्तिम हुने व्यवस्था कांग्रेसको विधानमा छ । बोर्डको निर्णयबमोजिम सभापति देउवाले उम्मेदवारलाई मनोनयन पत्र दिनुहुनेछ ।

प्रतिक्रिया