अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२२ | Colorodo: 17:37

देशभर थप ११९ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७९ भदौ २९ गते ६:३८ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ८४ जनाको नमूना परीक्षण गरिएको थियो ।१ हजार ९ सय ५५ जनाको पीसीआर र २ हजार १ सय २९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार १ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया