अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

नेपाल टी–२० को मेन्टरमा ब्रेट ली नियुक्त

बिआरटीनेपाल २०७९ भदौ २४ गते ६:५८ मा प्रकाशित

अष्ट्रेलियाका चर्चित पूर्व बलर ब्रेट लीलाई नेपाल टी–२० लिगको मेन्टरमा नियुक्त हुनुभएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगको मेन्टरको नियुक्त गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताउनु भयो ।

फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आउनुभएको हो । पहिलो संस्करणको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि ६ टोलीको पनि टुङ्गो लागेको छ । पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू