अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

लिबियामा सशस्त्र समूहबीच झडप हुँदा १२ जनाकाे मृत्यु, ८७ घाइते

बिआरटीनेपाल २०७९ भदौ १२ गते ८:०२ मा प्रकाशित

 लिबियाको राजधानी त्रिपोलीमा परस्पर बिरोधी सशस्त्र समूहहरुबीच झडप हुँदा १२ जनाकाे मृत्यु भएको छ ।घना बस्ती भएको क्षेत्रमा दुई समूहबीच ब्यापक रुपमा गोली हानाहान हुँदा कम्तिमा १२ जनाकाे मृत्यु भएकाे हाे । साेही झडपमा ८७ जना घाइते भएको लिबियाकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत डिसेम्बरमा हुनुपर्ने राष्ट्रपतीय निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि लिबियामा सशस्त्र बिद्रोही समूहहरुबीच राजधानीमा कसले अड्डा जमाउने भन्ने प्रतिष्पर्धा चलिरहेको छ । स्थानीयबासीले दोहोराे झडप र गोली हानाहानका कारण रातभर सुत्न समेत नसकेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू