अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

नाइजेरियामा कम्तीमा ५७ जना अतिवादी मारिए

बिआरटीनेपाल २०७९ भदौ ११ गते ६:२७ मा प्रकाशित

नाइजेरियामा आतंकवाद विरुद्धको कारबाहीमा कम्तीमा ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा गत सातादेखि जारी कारबाहीमा परी ५७ जना हतियारधारी मारिएका हुन् ।

नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नाे र योबेमा कारबाही चलेको छ । सोही क्रममा अतिवादी हतियारधारीले नाइजेरियाली सेनामाथि आक्रमण गर्दा केही नाइजेरियाली सेना समेत मरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू