अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३७ | Colorodo: 20:52

प्रिमियर लिग फुटबलमा आज ७ खेल हुँदै

बिआरटीनेपाल २०७९ भदौ ११ गते ६:०९ मा प्रकाशित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटन खेल्दैछन् ।अङ्कतालिकामा युनाइटेड तीन खेलमा ३ अङ्ककासाथ चौथाे र समान खेलमा ४ अङ्क रहेको साउथह्याम्पटन ११औँ स्थानमा छ ।

आज हुने अरु खेलमा चेल्सी र लेस्टर सिटी, लिड्स युनाइटेड र ब्राइटन, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस, लिभरपुल र बर्नमाउथ तथा एभर्टन र ब्रेन्टफोर्डबीच खेल हुनेछ ।

यी खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछन् । त्यस्तै आज राति सवा ९ बजे प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल र सातौँ स्थानमा रहेको फुलह्यामबीच खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू