अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

पूर्व प्रधानमन्त्री खानलाई पक्राउ नगर्न पाकिस्तानी अदालतको आदेश

बिआरटीनेपाल २०७९ भदौ १० गते ८:०७ मा प्रकाशित

पाकिस्तानको प्रति आतङ्कवाद अदालत (एटीसी) ले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका प्रमुख इमरान खानलाई पक्राउ नगर्न आदेश दिएको छ ।खानविरुद्ध गएको हप्ता महिला न्यायाधीशविरुद्ध विवादास्पद टिप्पणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

इजलासले खानलाई एक लाख धरौटीमा जमानत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खान आउँदो सेप्टेम्बर १ मा अदालतमा हाजिर हुनुपर्नेछ । खान अदालतमा उपस्थित हुँदा समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू