अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

नेपाल केन्यासँग पराजित

बिआरटीनेपाल २०७९ भदौ १० गते ७:५७ मा प्रकाशित

केन्यासँगको दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएकाे नेपाल १९ ओभरमा एक सय १४ रनमै अलआउट भयाे । नेपालका लागि आरिफ शेखले २५, राेहित पाैडेल र माेहम्मद आदिल आलमले समान २०/२० रन बनाए पनि अन्य खेलाडीले राम्राे अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ केन्याका इम्यानुएल बुन्दी, लुकास ओलुच र विराज पटेलले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ३२ रन बनायो । केन्याका लागि निहिमी अडिहिम्बाेले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ रनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन/तीन, करण केसीले दुई र पवन सरार्फले एक विकेट हात पारे ।

केन्याले आजकाे खेल जितेसँगै पाँच खेलकाे शृङ्खलामा एक–एककाे बराबरी भएकाे छ । पहिलाे टी–२० नेपालले पाँच विकेटले जितेकाे थियाे । नेपाल र केन्याले पाँच खेलकाे टी–२० र तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू