अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०७९ भदौ १० गते ६:५६ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ ।युएफाले बिहीबार निकालेको ‘ड्र’ अनुसार युरोपका सर्वाधिक सफल टोलीहरुमध्येका दुई क्लब बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेका छन् । समुह ‘सी’ मा जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनासँगै इटालीको इन्टर मिलान र चेक गणतन्त्रको भिक्टोरिया प्लेजन रहेका छन् ।

नयाँ सिजनको च्याम्पियन्स लिगको समूह ‘ए’ मा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम, इंग्ल्याण्डको लिभरपुल, इटालीको नापोली र स्कटल्याण्डको रेन्जर्स रहेका छन् । यसैगरी, समुह ‘बी’ मा पोर्चुगलको एफ.सी पोर्टो, स्पेनको एट्लेटिको मड्रिड, जर्मनीको बायर लिभरकुजेन र बेल्जीयमको क्लब ब्रुज रहेका छन् ।

समुह ‘डी’ मा जर्मनीको आइन्त्राच फ्रान्कफर्ट, इंग्ल्याण्डको टोेटनह्याम हट्सपर, पोर्चुगलको स्पोर्टिङ र फ्रान्सको ओलम्पिक मार्से रहेका छन् भने समूह ‘ई’ मा इटालीको एसी मिलान, इंग्ल्याण्डको चेल्सी, अष्ट्रियाको साल्जवर्ग र क्रोएसियाको डिनामो जाग्रेब रहँदा समूह ‘एफ’ मा स्पेनको रियल मड्रिड, जर्मनीको आर.बी लाइप्जीग, स्कटल्याण्डको सेल्टिक र युक्रेनको शख्तर छन् ।

समूह ‘जी’ मा इंग्ल्याण्डको म्यान्चेस्टर सिटी, स्पेनको सेभिया, जर्मनीको बोरुसिया डर्टमण्ड र डेनमार्कको एफ.सी कोपेनहेगन रहँदा अन्तिम समुह ‘एच’ मा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पी.एस.जी), इटालीको युभेन्ट्स, पोर्चुगलको बेन्फिका र इजरेलको मकाबी हाइफा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू