अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

युरोपका दुई तिहाई भू–भाग खडेरीको चपेटामा

बिआरटीनेपाल २०७९ भदौ ८ गते ७:१६ मा प्रकाशित

युरोपका दुई तिहा भाग खडेरीको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ ।विश्वब्यापी खडेरी वेधशालाले सार्वजनिक गरेको रिपोर्टमा युरोपेली महादेशले पछिल्लो ५ सय वर्षकै खराब खडेरी र मौसमी समस्याहरुको सामना गरिरहेको हाे । खडेरीका कारण बालीनाली उत्पादनमा असर गर्ने र डढेलो समते लाग्ने रिपोर्टमा उल्लेख गरिएकाे छ ।

विगत ५ सय वर्षको औसत तुलनामा हालका वर्षहरुमा बालीनाली उत्पादनमा १६ प्रतिशतले ह्रास आएको भन्दै यो दर बढ्ने क्रममा रहेको बताईएको छ । युरोपमा अस्वाभाविक रुपमा बढेको गर्मी र पानीको अभावले खडेरी बढाएको हो । युरोपमा अधिकांश नदीहरु सुक्ने क्रममा रहेको भन्दै जलविद्युत उर्जामा २० प्रतिशतले गिरावट आएको पनि रिपोर्टमा भनिएकाे छ ।

खडेरीको चपेटामा पर्ने राष्ट्रहरुमा इटली, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी, नेदरल्याण्डस्, बेल्जियम, लग्जेम्बर्ग, रोमानिया, हंगेरी, उत्तरी सर्बिया, युक्रेन, मोल्डोभा, आयरल्याण्ड र बेलायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू