अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

माउन्ट एभरेष्ट तेक्वान्दोको तेस्रो संस्करण असोजमा हुने

बिआरटीनेपाल २०७९ भदौ ८ गते ६:४५ मा प्रकाशित

तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता आयोजना हुने भएको छ ।नेपाल तेक्वान्दो संघले  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिता असोज ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने छ । संघका अध्यक्ष प्रकाश शम्शेर राणाले तेस्रो संस्करणको प्रतियोगितामा यस वर्षदेखि माउन्ट एभरेष्ट जीसीएस इन्टरनेशनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसिप समेत समावेश गरिएको जानकारी दिए ।

प्रतियोगिताको यसअघिका दुई वटा संस्करण सन् २०११ र सन् २०१४ मा काठमाडौंमा भएका थिए । संघका अनुसार यस प्रतियोगितालाई विश्व तेक्वान्दो महासंघले स्विकृति प्रदान गरेको छ । पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको पूर्व तयारी र व्यवस्थापनका लागि १ सय १ सदस्यीय मुल आयोजक समिति र १६ वटा उपसमिति गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू