अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

एसिया कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

बिआरटीनेपाल २०७९ भदौ ८ गते ६:४४ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहराइनमा हुने २० वर्ष मूनिको एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा २५ सदस्यीय टोली घोषणा गरेको छ ।मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेको छ । २५ सदस्यीय टोलीमा अघिल्लो महिना भारतमा भएको साफ यू–२० च्याम्पियनसिपको टोलीमा रहेका केही खेलाडी बाहिरिदा केही नयाँ खेलाडीले मौका पाएका छन् ।

साफ यू–२० को अन्तिम टोलीमा रहेका सोनित दाहाल, आयुष श्रेष्ठ, रोशन थापा, मोहित गुरुङ र रोहित सुब्बाले टोलीमा स्थान बनाउन सकेनन् । टोप बहादुर राना, जान ताम्ली, शेखर खवास, स्यान्सु भुषाल र राज थोकर राकेश विश्वकर्मा र सन्जीव लामा टोलीमा थपिएका छन् ।

सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा नेपालले कतार, बहराइन, बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले १० सेप्टेम्बरमा भुटानसँग खेल्दै यू–२० एसियन कप छनोटको सुरुवात गर्नेछ । त्यसपछि नेपालले १२ सेप्टेम्बरमा कतार, १४ सेप्टेम्बरमा बहराइन र १८ सेप्टेम्बरमा बंगलादेशसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू