अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

काराबाओ कप- लेष्टर सिटीद्वारा स्टकपोर्ट काउन्टी पराजित

बिआरटीनेपाल २०७९ भदौ ८ गते ६:४२ मा प्रकाशित

काराबाओ कप फुटबलमा लेष्टर सिटीले स्टकपोर्ट काउन्टीलाई पराजित गरेको छ ।लिग कप पनि भनिने इंग्ल्याण्डको घरेलु फुटबल प्रतियोगितामा मंगलबार राति लेष्टर सिटीले स्टकपोर्टलाई टाई ब्रेकरमा ३–१ ले पराजित गरेको हो ।निर्धारित समय र अतिरिक्त समयमा गोल हुन नसकेपछि लेष्टर सिटी र स्टकपोर्टबीचको खेल पेनाल्टी सुट आउटमा पुगेको हो । पेनाल्टी सुट आउटमा लेष्टर सिटी ३–१ ले विजयी भयो ।

लेष्टरका लगि सिनियर टोलीमा डेब्यु गरेका गोलकिपर ड्यानियल इभर्सनले विपक्षीको तीन वटा प्रहार विफल पार्दै टोलीलाई विजयी गराए ।यो खेल जितेपनि लेष्टर सिटीले नयाँ सिजनको इंग्लिस फुटबलमा जित निकाल्न भने सकेको छैन । काराबाओ कपकै अन्य खेलहरुमा एस्टन भिल्लाले बोल्टन वान्डरर्सलाई ४–१ ले हराउँदा एभर्टनले फ्लीटउडलाई १–० ले पाखा लगायो । मंगलबार राति नै ब्याकबर्न रोभर्स, डर्बी काउन्टी, नटीङ्घम फरेष्ट र वुल्भरह्याम्पटन वान्डरर्स पनि विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू