अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३७ | Colorodo: 20:52

फिनल्यान्डकी प्रधानमन्त्रीले लागुपदार्थ प्रयाेग नगरेकाे पुष्टि

बिआरटीनेपाल २०७९ भदौ ७ गते ६:२५ मा प्रकाशित

साथीभाइसँगको जमघटमा नाचेको भिडियो  सार्वजनिक भएपछि विवादमा तानिनुभएकी फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुपदार्थ प्रयाेग नगरेको पुष्टि भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’ को भिडियोमा उहाँ रक्सी खाएर रमाएकाे देख्न सकिन्थ्याे । त्याे भिडियाेलाई लिएर उहाँले लागुपदार्थ पनि प्रयाेग गरेकाे हुन सक्ने आराेप लागेपछि सोमवार उहाँले गराउनुभएको प्रयोगशाला परीक्षणबाट लागुपदार्थ प्रयाेग नगरेको पुष्टि भएको हो ।

प्रधानमन्त्री मरिनको पिसाबको नमुनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागुऔषध नभएकाे निर्क्याेल गर्न परीक्षण गरिएको थियो । आफूले केही रक्सी खाएकाे तर कुनै किसिमका लागुपदार्थ प्रयाेग नगरेकाे प्रधानमन्त्री मरिनले शुक्रवार आफ्नो निवासमा पत्रकारहरूलाई बताउनुभएको थियो । आफूले जीवनमा कहिल्यै पनि लागुपदार्थ प्रयाेग नगरेकाे स्पष्ट गर्नुभएको थियो ।

३४ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएकी मारिनको विपक्षीहरूले सरकारी निवासमा भोजभतेरलगायतका गतिविधि गरेकाेमा यसअघि पनि आलोचना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू