अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

रुस र युक्रेनबीच भएकाे युद्धमा १० हजार बढी सेनाकाे मृत्यु

बिआरटीनेपाल २०७९ भदौ ७ गते ६:१४ मा प्रकाशित

रुस र युक्रेनबीच भएकाे युद्धमा हालसम्म ९ हजार युक्रेनी सेनाकाे मृत्यु भएकाे युक्रेनले जनाएकाे छ । युक्रेनी सेनाका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युक्रेनका ९ हजार सैनिककाे मृत्यु भएकाे घोषणा गरेका हुन् । उनले मृत्यु हुने सैनिकका टुहुरा छाेराछाेरीकाे हेरचाह अति आवश्यक भएको बताएका छन् ।

रुसले भने युद्धको पहिलो महिना १३ सय ५१ रुसी सेनाकाे मृत्यु भएकाे बताएकाे छ । रुसले थप विवरण सार्वजनिक भने गरेको छैन् । अमेरिकी सैन्य अधिकारीहरुले भने रुसी सेनातर्फ ७० देखि ८० हजार सैनिकमा क्षति पुगेको दावी गरेको छ । यो तथ्यांकमा युद्धमा मृत्यु भएका र अंगभंग भएका रुसी सैनिकहरुलाई समावेश गरिएको छ ।

यसैगरी संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसी आक्रमणका क्रममा ५५ सय बढी सर्वसाधारण नागरिककाे मृत्यु भएकाे जनाएकाे छ । साथै ७८ सय बढी नागरिक घाइते भएको राष्ट्रसंघले अनुमान गरेको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले ९ सय ७२ युक्रेनी बालबालिका युद्धको शिकार भएको पुष्टि गरेको छ । रुस–युक्रेनबीच जारी युद्ध सातौं महिनामा प्रवेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू