अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

बालबालिकाका लागि प्रयोग हुने जनसन एण्ड जनसनको पाउडर उत्पादन बन्द हुने

बिआरटीनेपाल २०७९ साउन २९ गते ६:०९ मा प्रकाशित

विश्वको बजारको ठूलो हिस्सा ओगटेको जनसन एण्ड जनसनले बालबालिकाका लागि प्रयोग हुने पाउडर उत्पादन बन्द गर्ने घोषणा गरेको छ ।आगामी वर्षबाट पाउडरको उत्पादन तथा बिक्री वितरण बन्द गर्ने जनसनले घोषणा गरेको हो । स्वास्थ्य सामग्री उत्पादनको दिग्गज कम्पनीले दुई वर्ष अघि नै अमेरिकामा यसको वितरणमा रोक लगाइसकेको छ ।

जनसन एण्ड जनसनले ३८ हजार मुद्दाको सामना गरिरहेको छ । महिलाहरुले दायर गरेको मुद्दामा जोनसनको उत्पादनमा महिलाहरुको ओवरी क्यान्सर भएको दाबी गरिएको छ ।यद्यपि, कम्पनीले दसकौंपछिको अनुसन्धानमा आफ्नो उत्पादन उपयोगको लागि सुरक्षित रहेको दाबी दोहोर्‍याएको छ ।दुनियाभरका चिकित्सा वैज्ञानिकको स्वतन्त्र विश्लेषणबाट बेबी पाउडर सुरक्षित रहेको र यसमा क्यान्सर गराउने कुनै तत्व नरहेको कम्पनीले दाबी गर्दै आएको छ ।

सन् २०२० मा कम्पनीले आफ्ना उत्पादनलाई अमेरिका र क्यानडामा नबेच्ने घोषणा गरेको थियो ।सन् २०१८ मा समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको प्रतिवेदनमा जनसन एण्ड जनसन कम्पनी क्यान्सरको कारक एस्बेस्टस उक्त पाउडरमा रहेकोबारे जानकार रहेको बताइएको थियो । यद्यपि कम्पनीले अदालत, मिडिया रिपोर्ट र अमेरिकी संसदमा लगातार उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू