अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३५ | Colorodo: 15:50

अफगानी महिलाको शान्तिपूर्ण प्रदर्शनमा हवाइफायर

बिआरटीनेपाल २०७९ साउन २८ गते ४:३४ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा अफगानी महिलाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा हवाइफायर गरिएको छ ।तालिबान सत्ताको विरोधमा शनिबार अफगानी महिलाहरूले गरेको प्रदर्शनमा हवाइफायर भएको हो ।‘खाना, काम र स्वतन्त्रता’ भन्दै काबुलको शिक्षा मन्त्रालय अगाडि प्रदर्शनमा उत्रिएका महिला प्रदर्शनकारीमाथि तालिवान लडाकुले हवाइ फायर गरेका हुन् ।

प्रदशर्नकारी महिलालाई तालिबान लडाकुले कुटपिटसमेत गरेका भिडियो सामाजिक सञ्जालमा देखिएको छ । तालिबानले सत्ता कब्जामा लिएको एक वर्ष पुग्नै लाग्दा महिलाले प्रदर्शन गरेका हुन् । तालिबानले १५ अगस्टमा अफगानी सत्ता कब्जा गरेका थिए । त्यसयता तालिवानले महिलाको हक अधिकारमा कटौती गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू