अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

मलेसियामा एकैदिन ४८३१ जनामा कोरोना सङ्क्रमण, दश जनाको मृत्यु

बिआरटीनेपाल २०७९ साउन २७ गते ८:०८ मा प्रकाशित

मलेसियामा  थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।त्यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको ज्यान पनि गएको छ ।त्यहाँ भेटिएका पछिल्लो दिनका यी सङ्क्रमितहरू प्राय सबैजसो देशभित्रैका रहेका छन् ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ ।

त्यसैगरी सो मन्त्रालयले यहाँ अहिलेसम्म ४७ लाख भन्दा बढीमा सो सङ्क्रमण पाइएको पनि जनाएको छ । मलेसियाली सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरूमा मृत्यु दर भने निकै कम रहेको पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू