अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

चीनले अमेरिकी सभामुख पेलाेसीमाथि प्रतिबन्ध घाेषणा गर्‍याे

बिआरटीनेपाल २०७९ साउन २० गते ७:२७ मा प्रकाशित

चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलाेसीमाथि प्रतिबन्ध घाेषणा गरेकाे छ । पेलाेसीले ताइवान भ्रमण गरेर आफ्नाे आन्तरिक मामिलामा हस्तक्षेप गरेकाे भन्दै चीनले पेलाेसी र उहाँकाे परिवारमाथि प्रतिबन्ध घाेषणा गरेकाे हाे । केही दिनअघि मात्रै पेलाेसीले ताइवान भ्रमण गरेपछि चीन रिसाएकाे छ र ताइवान नजिककाे क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेकाे छ ।

चीनका विदेशमन्त्री वाङ्ग यीले एक विज्ञप्ति निकालेर भन्नुभएकाे छ, ‘पेलाेसीले चीनकाे आन्तरिक मामिला गम्भीर हस्तक्षेप गरेकी छिन् र चीनकाे सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई क्षति पुर्‍याएकी छिन् । चीनकाे एक चीन नीतिलाई कुल्चिने प्रयास गरेकी छिन् र ताइवानकाे क्षेत्रमा शान्ति र स्थिरतामा नाेक्सान पुगेकाे छ ।’

चीन ताइवानलाई आफ्नाे क्षेत्र मान्छ र ताइपेईलाई बेइजिङमा मिलाउन चाहन्छ ।  यसैबीच न्यान्सी पेलाेसी शुक्रवार आफ्नाे एसियाली देश भ्रमण अन्तर्गत जापान पुग्नुभएकाे छ । त्यहाँ पत्रकार सम्मेलनमा बाेल्दै उहाँले आफ्नाे ताइवान भ्रमण यथास्थितिलाई परिवर्तन गर्नु नभएकाे बताउनुभएकाे छ । अमेरिकाले कहिल्यै पनि ताइवानलाई अलग हुने नदिने उहाँकाे भनाइ थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू